
माघ - १८ । बैदेशिक रोजगारको सुन्दर सपना देखाई सयौँ व्यक्तिहरूलाई ठगी गर्दै आएका एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली (सीआइबी)ले पक्राउ गरेको छ ।
खाडी मुलुकहरुमा आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा अमन भन्ने मोहमद अजमत अलि साहलाई प्रहरीले पक्राउ गरेको हो ।
धनुषा, मिथिलेश्वर घर भइ ललितपुर, नकबहिलमा बस्ने २९ वर्षीय साहलाई ललितपुरको सानेपाबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ । उनीबाट पीडित भएका सयौं व्यक्तिहरु रहेको ब्यूरोले जनाएको छ ।
साहको साथबाट १७७ थान नेपाली नागरिकता र तीनओटा भारतीय राहदानी बरामद भएको पनि प्रहरीले जनाएको छ । उनले विभिन्न कम्पनीको नक्कली ‘डिमान्ड लेटर’ देखाएर प्रतिव्यक्ति एक लाखदेखि तीन लाखसम्म लिएको प्रहरीको भनाइ छ ।
बैदेशिक रोजगार