विदेशी लेजले डुबाउँदै स्वदेशी व्यापारी
माघ १८ । लेज, कुरकुरे लगायत जंक फुड उत्पादन गर्ने बहुराष्टिय कम्पनीको नेपालस्थित मुख्य वितरक र सहायक वितरकबीच भएको विवाद उत्कर्षमा पुगेको छ ।
मुख्य वितरक र्यांक ट्रेड प्रालीले लेज र कुरकुरे वितरण भइरहेको थियो । मुख्य वितरकको जिम्मेवारी र्यांक ट्रेडको ठाउँमा एडभान्टेज इन्टरनेसनल प्रालीले लिएको छ । नयाँ मुख्य वितरक आएपछि सहायक वितरकहरुबीच नाफा प्रतिशतको विषयमा विवाद उत्पन्न भएपछि यस्तो अवस्था आएको हो । पहिलेको मुख्य वितरकले यस्ता खाद्य पदार्थमा सहायक वितरकहरुका लागि साढे सात प्रतिशत दिने गरेको थियो । किनेको बिलबाट थप एक प्रतिशत जोडेर साढे आठ प्रतिशत नाफामा सहायक वितरकहरुले कारोबार गरिरहेका थिए ।
नयाँ मुख्य वितरक एडभान्टेजले नाफा प्रतिशत घटाएर मात्रै सामान दिन सक्ने शर्त राख्यो । जुन सहायक वितरकहरुले अस्वीकार गरेका छन् । काठमाडौंमा ११ वितरक मध्येका एक योगेन्द्र कार्कीले भने, ‘हामी जे काम गरिरहेका थियौं, त्यो काम हामीबाट खोसिएको छ । नयाँ मुख्य वितरकले हामीसँग यस्तो व्यवहार गर्न आवश्यक थिएन ।’
उनले भने, ‘एडभान्टेजको वेवास्ताले हामी जस्ता धेरै वितरकहरु मारमा पर्यौं ।’ भूकम्प यता कुरकुरे र लेजले नेपालमा सामान ल्याउन सकेका थिएनन् । नयाँ मुख्य वितरक आएपछि सहायक वितरकहरुको मार्जिन पनि घटाउने निर्णय भएको छ । जसका कारण सहयाक वितरकहरुले आफूहरु अन्यायमा परेको बताएका छन् । लेज र कुरकुरेको वितरकको काम गर्दैै आएका यी वितरकहरुलाई अहिले सामान नदिने दिँदा पनि बाँच्नै नसक्ने गरी मार्जिन काट्ने नियोजित खेल भएपछि वितरकहरु आक्रोशित भएका हुन् ।
११ सहायक वितरकहरुले र्यांकसँगको कारोबारका क्रममा बैक ग्यारेन्टी राखेर मुख्य वितरकको पैसा नडुब्ने निश्चितता प्रदान गरेका थिए । तर त्यसमा पनि एक प्रतिशत हावा गएको वा फिर्ता हुने सामानको समेत भुक्तानी डिलरहरुले पाउन नसकेको गुनासो गरेका छन् । यस विषयमा वितरकहरु न्यायकालागि अदालत जाने तयारी गरेका छन् ।
यस प्रकरणमा पीडित हुने वितरकहरुमा लोहनी ट्रेडर्स, गन्डकी ग्लोबल ट्रेड लिंक, स्वर्णीम ट्रेडर्स, भिजन इन्टरनेसनल सप्लायर्स, एलएस ्ब्रदर्स, शुभलक्ष्मी ट्रेड कन्सर्न, शुभलक्ष्मी मार्के्टिङ, नेस ट्रेडर्स, कल्याणकारी ट्रेडर्स, एसपी ट्रेडर्स लगायत छन् ।