अपराध सुरक्षा

२२ किलो चरेश र दुई किलो अफिमसहित दुई पक्राउ

२२ किलो चरेश र दुई किलो अफिमसहित दुई पक्राउ

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ठूलो परिणाममा लागु ओैषध अफिम र चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा ब्युरोबाट खटिएका प्रहरी टोलीले २२ किलो चरेस र दुई किलो अफिमसहित बल्खुबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ किरानचोकका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान छन् ।

धादिङका तामाङको साथबाट १ किलोग्राम अफिम, १२ किलोग्राम चरेस र दई हजाररुपैयाँ बरामत गरेको छ भने मकवानपुरका मोक्तानको साथबाट १ किलो अफिम, १० किलो चरेस सँगै सात हजार नेपाली र ५८ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

उनीहरु लामो समयदेखि लागु औषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट सुलेको प्रहरीले जनाएको छ ।

 

Drug Trafficking

विशेष