अर्थ

गौतम बुद्ध विमानस्थल बनाउने ठेकेदार फेरिए

गौतम बुद्ध विमानस्थल बनाउने ठेकेदार फेरिए

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएको चिनियाँ कम्पनीले काम गर्ने टोली फेरेको छ ।

चिनियाँ टोली फेरिएसँगै बहुप्रतिक्षित उक्त अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको अवधिसम्म ८० प्रतिशत सम्पन्न हुने आयोजनाको नेतृत्व गरेको अधिकारी र ठेकेदार कम्पनीले दाबी गरेको छ ।

यसअघि विमानस्थल निर्माणको ठेक्का लिएको चीनको नर्थवेष्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुप र स्थानीयको विवादका कारण निर्माण कार्य रोकिँदा काम अघि बढ्ने नबढने अन्यौलता बढेको थियो ।

नागरिक

विशेष