अर्थ ओटोमोबाइल

अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र

अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र

काठमाडौं । मोटरसाइकलमा अधिक नाफा राखेर उपभोक्ता लुट्ने लुटेराहरुकालागि दुःखद खबर छ । अब यस्तो धन्दामा सरकारी निकायले अंकुश लगाउने तयारी गरेको छ । 

आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले यस्ता नाफाखोरहरुको धन्दामा नियन्त्रण गर्ने जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने, ‘विषय धेरै नै आएको छ । मोटरसाइकल कतिमा बिक्री भइरहेको छ र त्यो मोटरसाइकलको प्रज्ञापनपत्रमा कति खरिद देखिएको छ,त्यो हेरेर हामी कारबाही गर्छौै । लुटको साम्राज्य नै छ भन्ने सुन्नमा आएको छ ।’

बजाजका मालिक शेखर गोल्छा, होन्डाका मालिक शौरभ ज्योति, यामाहाका विष्णु अग्रवाललगायतले यस्तो लुट मच्चाएको नेपालआजले श्रृंखलाबद्ध रुपमा प्रकाशित गर्दै आएको छ ।

लुट्ने मध्येको यामाहाको रे–जेडआर डिस्क मोटरसाइकलमा बिक्रेताले उपभोक्ताबाट ६२ दशमलव ९७ प्रतिशत नाफा लिने गरेका छन् । एउटा रे–जेडआर बेच्दा बिक्रेतालाई ७६ हजार रुपैयाँ फाइदा हुन्छ । भारतबाट नेपाल ल्याउँदा यो मोटरसाइकलको सबै खर्च कटाएर बन्ने मूल्य भनेको १ लाख २० हजार ८१५ हो । त्यसमा व्यापारीले ७६ हजार भन्दा बढी जोडेर १ लाख ९६ हजार ९०० रुपैयाँ पुर्याउने गर्छन् ।११३ सिसीको यामाहा रे–जेड आर ड्रममा पनि यस्तै छ हालत । यो मोटरसाइकल नेपाल ल्याउँदा परेको मूल्य हो १ लाख १६ हजार ७८९ रुपैयाँ । यसमा व्यापारीले ७३ हजार १११ रुपैयाँ जोडेर पुर्याएका छन १ लाख ८९ हजार ९०० रुपैयाँ । यो मोटरसाइकलमा पनि नाफा ६२ प्रतिशत भन्दा बढी छ ।

बजाजको मोटरसाइकलमा पनि हालत यस्तै छ । गोल्छाको हंशराज–हुलाश चन्द्र गोल्छा एन्ड कम्पनी बजाज मोटरसाइकलको नेपालमा आधिकारिक विक्रेता हो । यो कम्पनीले नेपालमा बजाजका मोटरसाइकल बेच्दा यति धेरै नाफा राख्छ कि त्यसलाई कानुनमा लगेर जोडने हो भने त्यो कालोबजारी बनिदिन्छ । कालोबजारी भन्नुको मतलव नै हुन्छ ‘जनता लुट्ने धन्दा’ । र यो धन्दाका नेता हुने नेपालका प्रतिष्ठित भनिएका व्यापारी शेखर गोल्छा ।

यो विषय विना आधार उल्लेख गरिएको भने होइन । गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको भेटिएको छ । प्राप्त भएको खरिद मूल्य, भन्सार मूल्य र बिक्री मूल्यको हिसाव गर्दा ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको मोटरसाइकललाई ४ लाखमा बेचिएको देखिन्छ । हिसाव प्रष्ट छ, गैरकानूनीरुपमा बजाजले मोटरसाइकल बिक्री गरिरहेको छ । डिस्कभर १२५ ड्रम बाइकमा ४१ प्रतिशत नाफा हंसराज कम्पनीले असुल्ने गरेको छ । १ लाख २२ हजार पाँच सय १० मा (राजस्वसहित) ल्याएको बाइक कम्पनीले एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । नेपाल आज लाई प्राप्त भएको विवरण अनुसार डिस्कोभर १५० ड्रममा कम्पनीले ३६ प्रतिशत नाफा राख्ने गरेको देखिन्छ । पल्सर २०० आरएस बाइकमा २३ प्रतिशत नाफा देखिएको छ ।

र यो पनि, 


► कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन : आपूर्तिमन्त्री (भिडियोसहित)

►  हरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

► नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

► हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

► अभिक ज्योतिको व्यापार लुटको जगमा

विशेष