यौन-शिक्षा

यी कस्ता श्रीमान आफ्नै श्रीमतीलाई परपुरुषसँग सुत्न लगाए

यी कस्ता श्रीमान आफ्नै श्रीमतीलाई परपुरुषसँग सुत्न लगाए

एजेन्सी । अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ ।

आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो । घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता नाम परिवर्तनलाई दिल्ली लगेर श्रीमान हरि नाम परिवर्तनले आफ्ना साथी अमर नाम परिवर्तनसँग यौनसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा नाम परिवर्तनसँग आफूले यौनसम्पर्क राखेको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले समाचार प्रकाशित गरेको छ ।

समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाको पर्दाफास भएको हो । सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले परपुरुषसँग यौनसम्बन्ध राख्न बाध्य पारेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । पीडित सीताको आरोप छ श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर भाईकी गर्लफ्रेण्ड निशासँग साटेर यौनसम्बन्ध बनाउन समेत बाध्य पारे भन्छिन । अहिले यस घटना छानविन दिल्ली पुलिसले गरिरहेको छ।

विशेष