यौन-शिक्षा

बेल्जियमकी यी वृद्धा भन्छिन् मलाई ६ वर्षको उमेरमा ६ घण्टा सम्म बलात्कार गरे

बेल्जियमकी यी वृद्धा भन्छिन् मलाई ६ वर्षको उमेरमा ६ घण्टा सम्म बलात्कार गरे

एजेन्सी । बेल्जियमकी एनेका लुकास नाम गरेकी एक बृद्धाको आफू छ वर्षको उमेरमा नै बालात्कृत भएको बताएकी छन् । उनि भन्छिन् ‘मेरो नाम एनेका लुकास हो । एक आमा हुँ म । अचेल म योगा अभ्यासको काममा क्रियाशिल छु । बाल यौन हिंसाबाट बाल बाल बाँचेकी महिला पनि हुँ म ।

जब म ६ वर्षकी थिएँ साढे ५ वर्षका लागि यौन हिंसाको सिकारमा फसेँ । बेल्जियममा म रहँदा त्यहाँका कुलिन वर्गका पुरुषहरुको एउटा संजाल नै थियो । जसको चंगुलमा थुप्रै बालिका परेका थिए । थुप्रै बालिका भएको ठाउँमा ति उच्च घरानियाँ पुरुषहरु अत्याधिक रक्सी सेवन गरेर आउँथे ।  र उनीहरु बालिकालाई उपाभेगको वस्तु ठान्थे । र हामीहरु मुख्य रुपमा यौनका लागि प्रयोग हुन्थ्यौँ । उनीहरु अधिकांश कुलिन वर्ग (एलिट) का हुन्थे ।

जो बालबालिकालाई मार्न पनि चाहन्थे । त्यसपछि मेरो समय आयो । ११ वर्षको उमेरमा म झण्डै मारिएँ । मलाई कसैले अत्याधिक यातना दियो । मलाई उसले बन्धनमा पार्यो । मेरो शरिर पूर्ण रुपमा चिथरियो । अहिले पनि ति हरेक खतहरुले त्यही घटनाको झल्को दिन्छन् । मलाई त्यसबेला लाग्यो की, म मर्दैछु । त्यस सन्जालमा केही माया पनि गर्थे । उनीहरु मलाई उद्धार गर्न चाहन्थे । यस्तो यातना केही घण्टासम्म दिइन्थ्यो ।

मैले उक्त सन्जालभित्र साढे ५ वर्ष बिताएँ । त्यसबेला म धेरै, धेरै, धेरै पटक बलात्कृत भएँ । मलाई आफ्नो शरिरमा कति खत छन् भन्ने पनि थाहा थिएन । प्रायः हरेक रात यसरी बलात्कृत हुनुपथ्र्यो । मुख्य गरी हरेक सप्ताहान्तमा यस्तो गरिन्थ्यो । हरेक हप्ता ६ घण्टा बलात्कृत हुनुपथ्र्यो । यसरी मेरो त्यस अवधि हिसाव गर्दा १ हजार ७ सय १६ घण्टासम्म बलात्कृत हुनु पर्यो । र यो सबै १२ वर्षको उमेर भन्दा अघि नै भएको थियो । हुर्कँदै गर्दा म त्यहाँबाट उद्धार हुन सफल भएँ । र मलाई त्यस देशबाटै बाहिर लगियो । युवति भइसक्दा थुप्रै यौन सम्बन्धि कार्यक्रमका लागि मलाई प्रचार गरियो ।

मलाई पुरुषका लागि आकर्षक युवतिको रुपमा प्रस्तुत गरियो । पछि परिपक्व महिला भइसक्दा भने मलाई अत्याधिक अपमान गर्न थालियो । मैले अति नै अपमानित महसुश गर्न थालेँ । मलाई एक अति नै तल्लो स्तरको बेश्या भनेर अपमान गरिन्थ्यो । म त्यो सबै अपमानबाट मुक्त हुन चाहन्थेँ । म त्यस्तो अपमानबाट स्वतन्त्र बन्न चान्थेँ । यसका लागि नै वर्षौँसम्म संघर्ष गर्नुपर्यो । थुप्रै पीडा बोकेर वर्षौँसम्म संघर्ष गरिरहेँ ।

हरेक बालबालिका समाजमा सुरक्षित हुनुपर्छ भनी संघर्ष गरेँ । हरेक बालबालिका समाज निर्माणकर्ता हुन् । हाम्रो समाजको संरचना नै यस्तो छ की, म बालिका छँदा जे गरेँ त्यो मेरो गल्ती थियो भनी प्रचार हुन्छ । तर म जस्तो थिएँ जसरी मलाई प्रयोग गरियो त्यो कुनै पनि हिसावले अपराध थियो । अहिले म ठीक छु । संसारका करोडौं बालबालिकाहरु म जस्तै अपमानित नहोउन् उनीहरु सुरक्षित होउन् ।

विशेष