अर्थ

भवन भट्टले किने बीबी एयरलाइन्सको बोइङ

भवन भट्टले किने बीबी एयरलाइन्सको बोइङ

काठमाडौं । भवन भट्टको बीबी एयरवेजले नेपाल एयरलाइन्सको बोइङ किनेको छ।

व्यवसायिक रूपमा उडान अयोग्य भएको भन्दै नेपाल एयरलाइन्सले बिक्रीका लागि राखेको कर्णाली नामको उक्त विमान बीबी एयरवेजले टेन्डरमार्फत् किनेको हो।

यसअघि विमान बिक्रीका लागि अन्तर्राष्ट्रिय टेन्डर आव्हान गरेपनि कसैले चासो दिएका थिएनन्। पछिल्लो टेन्डरमा भट्टको एयरवेजले १५ करोडमा उक्त विमान किन्ने प्रस्ताव गरेको थियो।

विमान किन्नको लागि बीबीले १ करोड ५५ लाख रुपैयाँ निगममा बुझाइसकेको स्रोतले जानकारी दियो।

विशेष