६ करोड ठगी आरोपमा एनआरएनएका नेता पक्राउ

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनमा सहभागी हुन आएका एक प्रतिनिधि ६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका छन् ।
एकजना जापानी नागरिकलाई ६ करोड नेपाली रुपैयाँ ठगी गरेको अभियोगमा एनआरएन जापानका महासचिव अनुज थापा काठमाडौंबाट पक्राउ परेका हुन् । उनलाई अहिले हिरासत राखेर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
Thagi NRN Nepal