अपराध सुरक्षा

बसमा १५ किलो गाँजा भेटियो तीन पक्राउ

बसमा १५ किलो गाँजा भेटियो तीन पक्राउ

महोत्तरी । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा रात्रिबसबाट १५ किलो गाँजा बरामद गरेको छ । अनुसन्धानका लागि बस चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।

बर्दिबास–५ स्थित सडकमा एक रात्रिबसबाट आइतबार बिहान १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए।

काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ ख ५४३४ नम्बरको सोनामाई डिलक्स बसमा प्रहरी टोलीले शंका लागेर जाँच गरेको थियो।

प्रहरीले गाँजासहित सो बसका चालक, सहचालक र एक अपरिचित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जनाएको छ।

विशेष