अपराध सुरक्षा

फिल्मी शैलीमा चिट चोरी, चार परीक्षार्थीसहित १४ जना पक्राउ

फिल्मी शैलीमा चिट चोरी, चार परीक्षार्थीसहित १४ जना पक्राउ

काठमाडौं। राजीवकुमार सिंह चिकित्सकशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जव भएकोमा दंग थिए ।

जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।शनिबार बिहान ८ बजे देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कदै गरेका उनले परिवारसंग खुसी बाँड्न भने पाएनन् ।

उनी तीनकुनेबाट सीधै टुकमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पुर्याईए ।बौद्धको अरुणीमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शिखा झा र राहुल झाको अवस्था पनि सिहंकै झै भयो ।

यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी झैं भयो । परीक्षा दिएर उनीहरु घर हैन, प्रहरी कार्यालय पुगे । उनीहरुसँगै अर्का परिक्षार्थी सक्षमराज भण्डारी पनि थपिए ।

केहीबेरमै ज्ञानेन्द्र ठाकुर थपिए, जो अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा एमबिबिएस पढ्दै थिए । त्यसलगत्तै सन्जयकुमार यादब, हिरेन्द्र शर्मा, अजयकुमार यादब, आशुतोषकुमार झा र शैलेसकुमार झासमेत थपिए । यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी छ । १४ बर्षअगाडी भारतमा डाक्टर बन्न लालायित एक गुन्डामा आधारित फिल्म बनेको थियो मुन्नाभाई एमबिबिएस ।

निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हास्य फिल्म बाबुको डाक्टर बन्ने सपना पुरा गर्न आपराधिक गतिविधिमा लागको एक ब्यक्ति मुन्नाभाईले अपनाएको उपायमा आधारित छ । त्यस्तै शनिवार पक्राउमा परेको सबले मुन्नाभाई फिल्मको शैलीमा चिट चोर्ने चोराउने गरेका थिए ।

नागरिक

विशेष