अपराध सुरक्षा

नासु खत्रीविरुद्ध मुद्दा दायर

नासु खत्रीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत नायब सुब्बा राजेन्द्र खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा खत्रीले अंगभंग मुद्दाको थुनछेकका क्रममा सेवाग्राहीलाई त्रासमा पारी काम मिलाइदिने प्रयोजनाका लागि रु एक लाख २५ हजार घूस माग्दामाग्दै केही दिन पहिले कार्यथलोमा नै पक्राउ परेका थिए । 

आयोगको टोलीले नायब सुब्बा खत्रीलाई घूस रकमसहित पक्राउ गरेको थियो । आयोगले बिगोसमेत असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो । 

यस्तै आयोगले आन्तरिक राजश्व विभाग जनकपुरमा कार्यरत कम्प्युटर अपरेटर रामकिशोर महत्तोलाई रु ३२ हजार घूस लिँदालिँदै नापी कार्यालयबाट पक्राउ गरेको छ । 

कानूनबमोजिम दर्ता भएको पसल बन्द गरी पाऊँ भनी सेवाग्राहीले दिएको निवेदन कार्यान्वयन गर्ने बहानामा कम्प्युटर अधिकृत महत्तोले घूस मागेको आयोगले जनाएको छ । 

akthiyar durupayog anusandhan aayog

विशेष