दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ । धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो ।
दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको विश्लेषण गरिएको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.२१ बिन्दुले उकालो लागेको छ । कूल १६३ कम्पनीको १४ लाख ५६ हजार ६३७ कित्ता सेयर रु ६० करोड ५० लाख सात हजार ६१४ मूल्यमा खरिद बिक्री भएको हो ।
स्टकका अनुसार बैंकिङ ४८.६६, होटल ७८.०५, विकास बैंक ५७.३६, जलविद्युत् ५२.५५, वित्त क्षेत्र ९.९, बीमा समूह २६४.७५ र अन्य समूह ०.२८ बिन्दुले बढ्दा व्यापार क्षेत्र भने ४.२२ बिन्दुले ओरालो लागेको छ ।
share market