अपराध सुरक्षा

धारिलो हतियार प्रयोग गरी दम्पत्तीकै हत्या, छोरा घाइते

धारिलो हतियार प्रयोग गरी दम्पत्तीकै हत्या, छोरा घाइते

दैलेख  । दैलेखको भगवतीमाई गाउँपालिका–७ बडाभैरव लाम्तडमा एक दम्पतीको हत्या भएको छ ।

४० बर्षीय जयबहादुर सिंह र उनकी ३९ बर्षीया श्रीमती कमला सिंहको हत्या भएको हो । उनीहरुलाई सोही स्थानमा बस्ने खेमराज खड्का लगायतका ३र४ जनाको समुहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सोही घटनामा मृतक दम्पतीका छोरा दिपकबहादुर सिंहको पनि घाँटीको आधा भाग काटी घाईते अवस्था भेटिएकोमा उनलाई भने तत्कालै उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

आइतबार बेलुकी ८ बजे सिंहका परिवारलाई धारिलो हतियार खुकुरी र हसिया प्रहार भएको थियो । घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई अस्थायी प्रहरी पोष्ट लोहारले पक्राउ गरेको छ भने अन्य फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहरीका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान हुने क्रम जारी रहेको छ ।

विशेष