अपराध सुरक्षा

पेस्तोल बेच्ने पक्राउ

पेस्तोल बेच्ने पक्राउ


नेपालगञ्ज । अवैध कटुवा पेस्तोलसहित तीन जनालाई नेपालगञ्जको पुरैनीबाट पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा नेपालगञ्ज–२२ पुरैनीका श्यामता लोनिया, डुडुवा गाउपालिका–३ का बाबुलाल पासी र डुडुवा–८ भुन्डुपुरुवाका शेर अली बागवान रहेका छन्।

२० हजार रुपैयाँमा अवैध पेस्तोल किनबेच भइरहेको अवस्थामा बाँके प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तहरुलाई हतियार तथा खरखजाना ऐनअनुसार कारबाही गर्ने तयारी भइरहेको छ।

खुला सीमानाका कारण लुकाइछिपाई साना हतियार नेपालगञ्जमा भित्राएर आपराधिक घटना गराउने गिरोह बाँके जिल्लाको सुरक्षा चुनौतीको रुपमा रहेका छन्।

नजिकिँदै गरेको दीपावली तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरी सुरक्षा कडा पारिएको बाँकेका प्रहरी उपरिक्षक टेकबहादुर तामाङले बताए।

विशेष