अर्थ

जसले बाटोमा भेटेको २ लाख ३० हजार फिर्ता गरे

जसले बाटोमा भेटेको २ लाख ३० हजार फिर्ता गरे


स्याङजा । जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका लेखापाल प्रेमनारायण अर्यालले ग्रामीण कच्ची सडकमा भेट्टाएको २ लाख ३० हजार रुपैयाँ हराउने व्यक्तिलाई खोजेर फिर्ता गरेका छन् ।

हेलु–अर्जुनचौपारी ग्रामीण सडकमा बेवारिसे अवस्थामा फेला परेको रकम अर्यालले नगद धनी केशव भुसाललाई फिर्ता गरेका हुन् । कामको सिलसिलामा आइतबार दिउँसो हेलु जाँदै गरेका अर्जुनचौपारी गाउँपालिकाका लेखापाल समेत रहेका अर्यालले रकमको बिटो अर्जुनचौपारी गाउँपालिका १ माटेथर कच्ची मार्गमा भेट्टाएका थिए ।

रकम बाँधिएको कागजमा लेखिएको भुसालको नाम र मोबाइल नम्बरबाट रकम हराउने व्यक्ति फेला पार्न र बुझाउन सहज बनेको अर्यालले बताए । नाम र नम्बरका आधारमा भुसाललाई फोन गरी प्रहरीको रोहबरमा भेट्टाएको नगद हराउने व्यक्तिलाई प्रदान गरेको उनले बताए ।

अन्नपूर्णपोष्ट

विशेष