अपराध सुरक्षा

पत्नीलाई खुकुरी प्रहार गरेका भूपू गोर्खा सैनिकलाई बेलायतमा १४ वर्ष जेल

पत्नीलाई खुकुरी प्रहार गरेका भूपू गोर्खा सैनिकलाई बेलायतमा १४ वर्ष जेल

काठमाडौं, कात्तिक ३ । बेलायती अदालतले आफ्नै पत्नीको ज्यान मार्ने उद्योग गरेको अभियोगमा एक भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

स्विडेनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी ३७ वर्षीया कामना गुरुङलाई मरणासन्न बनाएका थिए ।

झण्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर फर्किएकी छन् । २३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकाश लिएका विकासको अन्य महिलासँग सम्पर्क रहेको थाहा पाएपछि नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् ।

२० वर्ष यताको सम्बन्धविच्छेदका लागि पतिसँग कुरा गर्छु भनेपछि कामनामाथि विकासले आक्रमण गरेका थिए ।

कान्तिपुर 

विशेष