अपराध सुरक्षा

देउसी भैलो खेल्ने क्रममा हत्या गरेको अभियोगमा पक्राउ

देउसी भैलो खेल्ने क्रममा हत्या गरेको अभियोगमा पक्राउ

दाङ । चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका–१३ बराखुट्टी बस्ने २९ वर्षीय बसन्त महरालाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका महराले शनिबार राति देउसी खेल्ने क्रममा २७ वर्षीय सेतीराम रेउले र १८ वर्षीया महरा नाम गरेकी युवतीलाई चक्कु प्रहार गरेका थिए । घाइते भएकाले उपचारको लागि अञ्चल अस्पताल तुल्सीपुर लगिएकोमा रेउलेको मृत्यु भएको थियो ।

उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।

 

dang murder deusi vailo

विशेष