अपराध सुरक्षा

काठमाडौंमा गोली चल्यो, एक घाइते

काठमाडौंमा गोली चल्यो, एक घाइते


काठमाडौँ । काठमाडौँको लैनचौरस्थित म्हपीमा आइतबार बिहानै गोली चलेको छ । महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका छन्।

एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए । उनका अनुसार एक जनाको खुट्टामा गोली लागेको छ। गोली लाग्नेका घाइतेको पहिचान हुन सकेको छैन । घाइतेलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ

केही दिनअघि मात्र नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो।

विशेष