अपराध सुरक्षा

म्यैपी गोली काण्डकाे मुख्य अभियुक्त पक्राउ

म्यैपी गोली काण्डकाे मुख्य अभियुक्त पक्राउ

काठमाडौं । काठमाडौंको लैनचौरस्थित म्हैपीमा आज भएको गोली काण्ड युवतीका कारण भएको खुल्न आएको छ ।

प्रहरी स्रोतका अनुसार युवतीका विषयमा झगडा हुँदा गोली चलाइएको खुलेको हो । आइतबार एकाबिहानै करिव ४ बजेतिर स्कुटरमा गइरहेका रानीबारी बस्ने करिव २९ बर्षीय कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । कारमा आएका युवकले एक राउण्ड गोली प्रहार गरेका थिए । गुरुङलाई खुट्टामा गोली लागेको छ ।

बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार गुरुङलाई सेतो कारमा आएको समूहले म्हैपी बहती पोखरी नजिकै सडकमा गोली प्रहार गरेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी रविन्द्र धानुकले मुख्य अभियुक्तसहित पाँचजना पक्राउ परेको बताए । उनले भने ’मुख्य अभियुक्तसहित पाँच जनालाई नियन्त्रणमा लिएका छौँ । घटनामा प्रयोग भएको कार पनि नियन्त्रणमा लिइएको छ ।’

प्रहरीको प्रारम्भिक बयानमा दुई समूहबीच गएराति डिस्कोमा झगडा परेको पनि खुलेको छ । ठमेलको सिएन डिस्को दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।

विशेष