अर्थ

३ दिनमा एक सय किलो सुन बिक्री !

३ दिनमा एक सय किलो सुन बिक्री !

काठमाडौं । तिहारमा मनाइने धनतेरस लक्ष्मीपूजामा सुनचाँदी बिक्री ह्वात्तै बढेको छ ।

अन्य दिनमा सामान्य कारोबार भए पनि तिहारको तीन दिन ९काग तिहार, कुकुर तिहार र लक्ष्मी पूजा०मा कारोबार अत्याधिक बढेको व्यवसायीहरुले बताएका छन् ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा करिब एक सय किलो सुन र २१ सय किलो चाँदी बिक्री भएको छ । एक किलो सुनको मूल्य करिब ४८ लाख ४४ हजार रुपैयाँ पर्छ । जस अनुसार तीन दिनको अवधिमा ४८ करोड ४४ लाख रुपैयाँको सुन बिक्री भएको छ ।

कान्तिपुर

विशेष