यौन-शिक्षा

अनुहारको आकारले थाहा हुन्छ तपाईं कति सेक्सी

अनुहारको आकारले थाहा हुन्छ तपाईं कति सेक्सी

एजेन्सी । मानिसको अनुहारको आकार र प्रकारमा उसको यौन प्रवृत्ति प्रतिविम्बित हुने नयाँ तथ्य अर्काइभ्स अफ सेक्सुअल बिहेभियर जर्नलले प्रकाशित गरेको छ ।

यति मात्र होइन मानिसले आफ्नो जीवनसाथीको विश्वास तोड्ने सम्भावना पनि उसको अनुहार हेरेर अनुमान लगाउन सकिने बताइएको छ । व्यवहार र
मनोवैज्ञानिक अनुसन्धानकर्ताले मानिसको अनुहारको आकार प्रकारलाई उसको बानी बेहोरा र व्यक्तित्वसँग जोडेर व्याख्या गर्ने प्रयास गरेको धेरै समय भएको छैन ।

उदाहरणका लागि केही अनुसन्धानले जनाए अनुसार मानिसको डल्लो, च्याप्टो अनुहारले उसको आक्रामक, अनैतिक व्यवहार र मनोरोग सम्मको बयान गर्नसक्छ । क्यानडाको ओन्टेरियोमा रहेको निपिसिङ विश्वविद्यालयका स्टेभन अर्नोस्कीको नेतृत्वमा भएको नयाँ अनुसन्धानले यौन सम्बन्ध, यौन साथी चयन र विश्वासघातमा पुरुष र महिलाको डल्लो अनुहारको भूमिका बारेमा केही सुझाव दिएको छ ।

दुई फरक अनुसन्धानको नतिजालाई एक ठाउँमा राखेर अनुसन्धान टोलीले निष्कर्ष निकालेको थियो । पहिलोमा अर्नोस्की र उनका सहयोगीले ककेसियन मूलका १४५ विद्यार्थीमाथि अनुसन्धान ग¥यो । जसमा ४८ प्रतिशत पुरुष थिए । अनुसन्धानका बेला विद्यार्थीबीच विपरीत लिङ्गी यौन सम्पर्क हुने गरेको थियो ।

उनीहरूले आफ्नो यौन व्यवहार बारेमा प्रश्नावलीमा जानकारी भरे र साथै आफ्नो अनुहारको तस्बिर पनि राखे । अनुसन्धान टोलीले सहभागी विद्यार्थीको अनुहारको मापन गर्दै अनुहारको चौडाईलाई अनुहारको माथिल्लो उचाईले भाग गरेर गणना ग¥यो ।

यसबाट के नतिजा निकालियो भने पुरुष र महिलामा उनीहरूको अनुहारको आकार प्रकारले यौन चाहना सङ्केत गर्छ । त्यसपछि अनुसन्धान टोलीले दोस्रो ठूलो अनुसन्धान सुरु ग¥यो । ठूलो अनुसन्धानमा पनि यी नतिजा आउँ छ कि आउँदैन भन्ने जाँच गर्न उनीहरूको ध्येय थियो ।

करिब ३१४ सहभागीलाई पुरानै खालको प्रश्नावली भर्न लगाउँदै विश्वासघात जस्ता पक्षलाई सङ्केत गर्ने प्रश्न पनि राखे । पहिलो अनुसन्धानमा सरह दोस्रोमा पनि अनुसन्धान टोलीले उस्तै नतिजा पायो । डल्लो च्याप्टो परेको अनुहार भएका मानिसमा यौन चाहना बढी हुने अनुसन्धान टोलीको निष्कर्ष छ ।

यसबाट के अनुमान लगाउन सकिने भयो भने छोटो, च्याप्टो र बढी वर्गाकार लाग्ने अनुहार भएका मानिसमा यौन चाहना बढी हुने र उनीहरूले आफ्नो जीवनसाथीप्रति विश्वसघात गर्ने सम्भावना पनि बढी नै हुन्छ । तथापि मानिसमा हुने टेस्टोस्टेरोन हर्मोनमा यौन चाहना निर्भर रहने तथ्यमाथि यस अनुसन्धानले ध्यान दिएको छैन ।

यौन शिक्षा

विशेष