प्राधिकरणका कर्मचारी घुससहित पक्राउ
अख्तियारले नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाईट शाखा बाँकेका प्राविधिक जयराम न्यौपानेलाई घुस सहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले सेवाग्राहीसँग विद्युत मिटर जडान कार्य गरिदिनका लागि घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा न्यौपानेलाई ९ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।