अर्थ

एनआईसी एसिया बैक ‘स्विफ्ट ह्याक’ प्रकरणमा कर्मचारीको मिलेमतो हुन सक्ने

एनआईसी एसिया बैक ‘स्विफ्ट ह्याक’ प्रकरणमा कर्मचारीको मिलेमतो हुन सक्ने

काठमाडौं । एनआईसी एसिया बैंकको ‘स्विफ्ट हयाक’ प्रकरणमा सोही बैंकका ३ जना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको भेटिएको छ ।

स्विफ्ट भनेको अन्तराष्ट्रिय कारोबार गर्न बैंकहरूले अपनाउने एक सफ्टवेयर हो । राष्ट्र बैंक र एनआइसी एशिया बैंकले गरेको प्रारम्भिक अनुसन्धानमा यस्तो भेटिएको हो । बैंकका कर्मचारीले नै प्रयोग गर्ने युजर नेम र पासवर्ड प्रयोग गरेर एनआईसी एसियाको विदेशी बैंकमा रहेका खाता स्वीफ्ट मार्फत ह्याक गरी रकम अन्य बैंकहरुमा स्थानान्तरण गरेको भेटिएको हो ।

स्रोतका अनुसार एनआइसी एसिया बैंकको विदेशी बैंकमा रहेका खाताबाट करिब १० करोड रुपैयाँ अर्को बैंक खातामा सारिसकिएको थियो । ‘स्विफ्ट मार्फत आफ्नो खाताको रकम चोरी भएको तत्काल थाहा पाएकोले धेरै रकम चोरी हुनबाट बचेको बैंकले जनाएको छ । राष्ट्र बैंकले रकम स्थानान्तरण भएको आशंका भएका मुलुकमा कारोबार रोक्न पत्राचार गरेपछि चोरी भएको रकममध्ये केही फिर्ता भइसकेको र केही फिर्ताको प्रक्रियामा रहेको बताइएको छ । युजर नेम र पासवर्ड सुनियोजित रुपमा प्रयोग भए नभएको बारे अनुसन्धान भईरहेको राष्ट्र बैंकको भनाई छ ।

रकम बाहिरीएको सुचना प्राप्त भएपछि अनुसन्धानका लागि सूचना प्राविधिकसहितको एक टोली बैंकक पठाएको केन्द्रिय बैंकले एनआईसी बैंकको काठमाडौं कार्यालयमा समेत अनुसन्धान सुरु गरेको छ ।

विशेष