अर्थ

सञ्चालनमा नआएका उद्योगले तीन महिनाभित्र म्याद थप गर्न पाउने

सञ्चालनमा नआएका उद्योगले तीन महिनाभित्र म्याद थप गर्न पाउने

काठमाडौँ । उद्योग मन्त्रालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाभित्र म्याद थप गर्नसक्ने व्यवस्था गरेको छ । 

मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ताको प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाका लागि म्याद थपको व्यवस्था गरेको हो । 

उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले तोकिएको समयभित्र उत्पादन गर्न नसकेका उद्योगलाई एकपटकका लागि बाधा अड्काउ फुकाउन उक्त व्यवस्था गरिएको जानकारी दिए । 

“सञ्चालन नभएका उद्योगलाई तीन महिनाभित्र उद्योग सञ्चालन म्याद थपका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ”– प्रवक्ता भुसालले भने । 

मन्त्रालयले म्याद थपका लागि दिएको समयअवधिसम्म आवेदन नगर्ने उद्योगको औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा (५) बमोजिम स्वतः रद्द गरिने जनाएको छ । 

business Udhyog mantralay

विशेष