पर्यटन

खराब मौसमका कारण तिलिचो आउनेजाने पर्यटक अलपत्र

खराब मौसमका कारण तिलिचो आउनेजाने पर्यटक अलपत्र

मनाङ । विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ छ ।

विगतका वर्षमा भन्दा यसपटक बढी पर्यटक तिलिचो ताल पुगेका छन् । पर्यटकका लागि उपयुक्त मौसम भए पनि शुक्रबारबाट मौसम खराब भई हिमपात परेपछि तिलिचो जानेआउने पर्यटकलाई समस्या परेको हो ।

तिलिचो जानेआउने बाटोमा पर्याप्त होटल नहुनु र भएका होटल पनि खचाखच भएपछि पर्यटक हिमपातको सास्ती खेप्दै मनाङको गाउँ फर्कन बाध्य भएको पोखरा, हेटौँडा र चितवनबाट आएका पर्यटकले बताएका छन् ।

Tilicho

विशेष