अपराध सुरक्षा

बालिका बलात्कार पछि आँखा निकालेर हत्या प्रयास

बालिका बलात्कार पछि आँखा निकालेर हत्या प्रयास


भोजपुर । परिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

वलात्कृत बालिकालाई अर्धचेत अवस्थामा आफन्तजन र स्थानियबासीले भेटेपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए ।

पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च खर्च अभावमा उपचार हुन नसकेको बालिकाका दाजु धनबहादुर विश्वकर्माले बताए । बालिकाको देब्रे आँखा कामै नलाग्ने गरी विग्रीएको छ । बहिनीको उपचारार्थ सहयोगका लागि दाजु धनबहादुरले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।

पीडितको परिवारबाट कुनै पनि रिपोर्ट र प्रतिक्रिया नआएको र बलात्कारको आरोपी सोही गाउँपालिका ९, श्री सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सन्तोष श्रेष्ठलाई नियन्त्रण लिइ जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको डिएसपी थारुले जानकारी दिएका छन् ।

विशेष