अपराध सुरक्षा

होसियार ! यस्तो कार्ड बोकेर आएकी यी सुन्दरीले तपाईलाई ठग्दै छैनन्

होसियार ! यस्तो कार्ड बोकेर आएकी यी सुन्दरीले तपाईलाई ठग्दै छैनन्

कार्तिक १० गते सांझ ललितपुरको पुल्चोक स्थित सिटी फुड क्याफेमा एउटा अचम्मकी युवति पुगिन, उनले आफ्नो श्रीमानको बर्थ डे छ भन्दै केक र अन्य जन्मदिनका लागि करिब ३० हजार बराबरको समान अर्डर गरिन ।

अर्डर गरेको समान लिन आउने भन्दै उनले एक कार्ड छोडिन कार्डमा नम्बर र विवरण उल्लेख गरिएको थियो । उक्त कार्ड थमाउँदै रेष्टुरेण्टको रिसेप्सनमा पुगेर अन्य समान ल्याउन पर्ने भयो म घर पुगेर पैसा दिन्छु भन्दै उनले १० हजारको डिमान्ड गरिन तर उनले उक्त रेष्टुरेन्टबाट तीन हजार फुत्काएर फरार भइन् । उक्त रेष्टुरेन्टमा अर्डर गरेको तीस हजार त बबार्द भयो नै, उनले त्यहाँबाट तीन हजार नगद पनि लिएर गइन

। पछि फोन गर्दा न उनको फोन नै लाग्छ न उनी यती एयरकी कर्मचारी नै । यस्तै प्रकिृतीको अर्को घटनामा पनि लाजिम्पाटबाट आएको छ । त्यस्तै कार्ड दिएर उनले ट्क्याक्सी ड्राइभर, बस ड्राइभरलाई ठगेको खबर आएको हुुनाले उनले फेरि ठग्न सक्छिन् भन्दै यो समाचार सम्प्रेशन गर्न उचित ठानेका छौं । यस्ता ठगबाट सचेत रहन हाम्रो टीम सबैलाई आग्रह गर्दछ ।

विशेष