अपराध सुरक्षा

मादकपदार्थ सेवन गरी होहल्ला गर्ने १४ जना पक्राउ‍

मादकपदार्थ सेवन गरी होहल्ला गर्ने १४ जना पक्राउ‍

रसुवा ।  गत चार दिनयता मादकपदार्थ सेवन गरी होहल्ला गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी सचेत गराएको छ ।

जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार दक्षिणी रसुवाको कालिकास्थानबाट ११ जना र धुन्चेबाट तीनजनालाई मादकपदार्थ सेवन गरेबापत् पक्राउ गरी दशैँको चाडपर्व भएकाले पहिलो पटकलाई सचेत गर्दै रिहा गरिएको छ ।

यस्तै, सार्वजनिक अपराधअन्तर्गत दुईजनालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाएको बताउँदै प्रहरी प्रमुख थापा क्षेत्रीले जिल्लाको शान्ति सुरक्षा स्थिर रहेको जानकारी दिए ।

गाउँ समाजमा सुरक्षाका लागि टोलटोलमा प्रहरी गस्ती बढाइएको पनि बताइएको छ । 

Pakrau

विशेष