यौन-शिक्षा

अहिलेसम्म नसुल्झिएको प्रश्नः सेक्समा कसलाई बढी आनन्द हुन्छ ? महिलालाई कि पुरुषलाई ?

संभोगको समयमा हामी दुईमध्ये कसलाई धेरै आनन्द प्राप्त भएको होला

अहिलेसम्म नसुल्झिएको  प्रश्नः सेक्समा कसलाई बढी आनन्द हुन्छ ? महिलालाई कि पुरुषलाई ?

संसारमा स्त्री र पुरुषबीचको संभोगलाई धर्मसंग जोडीएको छ । त्यतीमात्र होईन पुरानो मान्यताअनुसार सहवास गर्नु सन्तान उत्पादन गर्नुमात्र हो । तर संभोगलाई केवल सन्तान उत्पादनसंग जोड्नु र त्यसबाट पाउने आनन्दलाई नजर अन्दाज गर्नुमात्र हो । यदि प्राचीन समयदेखि नै सेक्सलाई केवल सन्तान उत्पादन संग जोडेको भए आज बिश्वको जनसंख्याको कल्पनासम्म हामी गर्न सक्दैन थियौं ।
बलात्कार र बेश्यावृत्तीको नामसम्म हामीले सुनेका हुँदैन थियौं होला । यसबाट पनि यो प्रष्ट हुन्छ कि सेक्स केवल सन्तान जन्माउन गरिदैन भनेर । यो शारीरिक आवश्यकता परिपूर्ती गर्ने माध्यम पनि हो । आउनुहोस् यहाँ हामी चर्चा गरौं स्त्री र पुरुषमा कसले धेरै सेक्सको चरम आनन्द प्राप्त गर्नसक्छ भनेर ।


हामी सबभन्दा पहिला महाभारत र त्यसपछि ग्रिक युनानको धर्मग्रन्थको बिश्लेषण गर्नेछौं । एकपटक युधिस्ठिर आफ्ना पिताम्मह भिष्मलाई प्रश्न गर्छन्, ‘हे तात श्री, म एउटा ठुलो दुबिधामा छु, मलाई केही दिन देखि एउटा कुण्ठाले ब्यग्र बनाएको छ । प्रश्न यो हो की, संभोग गर्दा सबभन्दा धेरै स्त्री वा पुरुष कसले आनन्द भोग गर्दछ ?’ यसपश्चात भिस्मपिताम्महले एउटा कथा भनेर सुनाए जुन यसप्रकार छ ।
भंसस्वाना नाम गरेको एउटा राजा थिए, राजा अत्यन्त न्यायप्रेमी र जनप्रेमी थिए तर उसका कुनैपनि पुत्र थिएनन् अथार्त ती राजा निःसन्तान थिए । पुत्र प्रप्त होस भनेर राजा र उसकी पत्नी सकरोले एउटा धार्मीक अनुष्ठान गरे जसको नाम थियो ‘अग्निस्तुता’ जुन हवनमा केवल अग्नि देवताको पुजा र जयजयकार गरिएको थियो । यस अनुष्ठानबाट देवराज इन्द्र अत्यन्त क्रोधीत हुन पुगे । क्रुद्ध इन्द्र देवता कुनै एउटा मौका खोजीरहेका थिए जसले गर्दा भंसस्वाना राजाले कुनै गल्ती गरोस र उसलाई श्राप दिन सकियोस भनेर तर अत्यन्तै मृदभाषी भएकाले राजाले कुनै गल्ती गरेका थिएनन् ।


एकदिन राजा शिकार खेल्न वनमा जादां इन्द्रलाई राजालाई सम्मोहित गर्ने मौका मिल्यो । सम्मोहन भएका राजा यताउता भड्किन थाले । यस्तोमा प्यास मेटाउन राजा आफ्नो घोडालाई लिएर एउटा खोलातिर प्रस्थान गर्छन् । दुवैले पानी पिउन थाले । पानी पिएपछि राजा बिस्तारै सुन्दर किशोरी युवतीमा परिणत हुन्छन् । राजालाई कुनै बिचार आईरहेको थिएन । राजा आफ्नो रुप देखेर बिलाप गर्दै दरवार आईपुग्छ र सबै रैती, आफ्नी स्त्री, एकसय पुत्रहरु र सैनिकहरुलाई वृतान्त सुनाउन थाल्छन् । र आफु राजा हुन लायक नभएको महशुस गरि राज्य त्याग गरेर जंगलतर्फ प्रस्थान गर्छन् । तपस्वीको आश्रममा स्त्री रुपधारी राजाले सयौं पुत्रहरुको जन्म दिन्छन् । धेरै पुत्र जन्माईसकेपछि स्त्री रुपका राजा आफ्ने पुरानो राज्य र पुत्रहरुलाई भेट्न राज्य प्रस्थान गर्छन् । सबै छोराहरुलाई राज्य बांडेर मिलेर चलाउनको लागी आग्रह गर्छन् । सबै भाइहरु मिलेर राज्यको भोग गर्न थाल्छन् । यो देखेर देवराज इन्द्र झनै क्रोधीत हुन्छन् ।


फेरी उक्त राजासंग बदला पुरा गर्न देवराज ब्राम्हण भेष गरेर उक्त राजाको दरवार पुग्छन् । जब इन्द्र दरबारमा पुग्छन्, मिलेर बसेका भाईहरुलाई भड्काएर एक अर्कालाई मार्न लगाउँछन् । त्यो दृष्यले आकुल बनेका स्त्री रुपी राजाले ब्राम्हण रुपधारी इन्द्रलाई प्रश्न गर्छन्, यो के भएको ? तब इन्द्रले आफ्नो अवतार दर्शन दिएर राजालाई आफूलाई गरेको अपमानको बदला लिएको भनेर सुनाउँछन् । यो सुनेर भंसस्वाना इन्द्रको पाउमा परेर माफी माग्छन्,र आफ्ना छोराहरुलाई फेरी जीवन दिन अनुरोध गर्छन् । राजाको अनुनय देखेर इन्द्रको मनमा दया र करुणा पलाउँछ । र केवल एकमात्र पुत्र माग्न इन्द्रले राजालाई भन्छन् ।


तब स्त्रीरुपी राजा भन्छन्, ‘हे नाथ, यदि यस्तो मात्र बरदान पाउने भए म स्त्री हुँदाको बखत मेरो कोखबाट जन्मीएको पुत्रलाई बिउंत्याई दिनुहोस् । किनकी एउटा सन्तानलाई सिर्फ माया केवल आमाले दिन सक्छिन् । र मैले धार्मीक अनुष्ठान गरी प्राप्त गरेका पुत्रहरु हुर्काउन मैले केहीपनि कस्ट उठाउनु परेन तर जंगलमा जन्मिएका मेरा पुत्रहरुले मेरो दुध चुसेर हुर्कीएका थिए ।’ यसबाट प्रभावीत बनेका इन्द्रले सबै भाई छोरालाई पुर्नजन्म गरिदिन्छन् ।


त्यसपछि स्त्री रुपी राजालाई फेरी पुरुष योनीमा लैजान लाग्दा भसस्ंवाना राजाले त्यही रोकेर भन्छन् हे देवराज, मलाई स्त्री योनी नै आनन्ददायी छ , जब म राजा भएर संभोग गर्दथे, म भित्र छटपटि औडाह र क्रोध थियो तर जब स्त्री भएर संभोग गरिरहेकी हुन्छु त्यस बखत केवल आनन्द, प्रेम र स्नेहमात्र महशुष गर्छु । यसकारण मा स्त्री योनीबाट नै अत्यधीक सन्तुष्ट छु । यो कथा भिष्मपिताम्महले युधिष्ठिरलाई सुनाएका थिए ।

अब ग्रिक राजा टेरेसियाष्टको बारेमा ग्रिक मिथोलोजी यस्तो भन्छ, ‘राजा आफ्नो युवासमयमा एकदिन जंगलमा शिकार खेल्न जान्छन् । शिण्कार खेलिरहेका राजाले अचानक एक जोडी सर्पलाई कामक्रिडामा मग्न भएको देख्छन् । खै किन हो राजाले यो देखेर ति सर्पहरुलाई अलग गरिदिन्छन् । सर्पहरुले टेरेसियाष्टलाई नारी हुने श्राप दिन्छन् । यस्तै नारी जीवन ब्यतीत गरिरहेका राजाले धेरै वर्षपछि पुनः सर्पहरुले संभोग गरिरहेको दृष्य देख्छन् र रिसले आगो भएर ति सर्पहरुलाई मारीदिन्छन् र फेरी पुरुषको योनीमा पुग्छन् ।


ग्रिकका राजा व्युस र उसकी पत्नी हिराबीच एकपटक संभोगको समयमा हामी दुईमध्ये कसलाई धेरै आनन्द प्राप्त भएको होला भन्ने बहस चल्छ । कुनै टुंगो नभेटीएपछि उनिहरुले टेरेसियाष्टलाई दरवारमा डाक्छन् र झगडा सुल्झाईदिन अनुरोध गर्छन् । तब गर्वका साथ टेरेसियाष्टले भन्छ कि, संभोगको समयमा पुरुषको तुलनामा महिलाले ९ गुणा बढी आनन्द र सुखभोग गर्न सक्छिन् । मलाई स्त्री योनीमै संभोग गर्दा चरमसुखमा पुगेको अनुभुति भएको थियो ।’

 

विशेष