अपराध सुरक्षा

लागुऔषधसहित चार पक्राउ 

लागुऔषधसहित चार पक्राउ 

सुनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेका छन् ।

घरमा लुकाइरहेको अवस्थामा ५१–५१ थान डाइजोपाम र निपोएक्सीससहित धरान उपमहानगरपालिका–११ का सन्तोष कार्कीलाई पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । 

कार्कीसँगै दिपक लिम्बुलाई पनि डाइजोपाम र निपोएक्सीस ३९ थानसहित पक्राउ गरेको चिमरियाले जानकारी दिए । 

यसैगरी बर्जु गाउपालिकाको नहर चौकबाट देवानगन्ज नाका हँुदै विराटनगर जाँदै गरेको ना ४२ प ७२३५ नम्बरको मोटरसाइकलमा सवार गोविन्द शर्मा र अमितकुमार शर्मालाई बुधबार राति लागुऔषधसहित पक्राउ गरेको दुहबी इलाका प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

Drug Trafficking sunsari

विशेष