समाज अपराध सुरक्षा

घाँटी थिचेर बालकको हत्या, आरोपीलाई गाउँलेले डोरीले बाँधे

घाँटी थिचेर बालकको हत्या, आरोपीलाई गाउँलेले डोरीले बाँधे

धादिङ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा शनिबार राति एक बालकको हत्या भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए ।

घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिए ।

बालकको हत्यापछि गाउँलेले आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

विशेष