यौन-शिक्षा

सत्य साइबाबालाई पनि लागेको थियो यौन शोषणको आरोप, यस्ता छन् उनले गरेका गलत काम

सत्य साइबाबालाई पनि लागेको थियो यौन शोषणको आरोप, यस्ता छन् उनले गरेका गलत काम

एजेन्सी । भारतका चर्चित बाबामध्येका एक बाबा हुन् ‘सत्य साई बाबा’ । विश्व चर्चित साइ बाबाका भक्तजनहरु १२६ देशमा रहेको मानिन्छ । उनलाई ‘भगवान’ नै हुन् भन्नेहरु पनि धेरै छन् । सन् २०११ मा उनको मृत्यु भएको थियो । धेरै मानिसहरुको मनमा राज गरेका सत्य साई बाबाका नाममा विश्वभर ट्रष्ट, स्कुल, कलेज, हस्पिटल तथा बिल्डिङहरु रहेका छन् । सामाजिक सद्भावका लागि उल्लेख्य काम गरेका साइ बाबा पनि धेरै विवादमा परेका थिए । उनको जीवनमा केही गम्भिर विवादहरु सिर्जना भए । उनलाई झुटो जादु गरेको, यौन शोषण गरेको तथा बाल यौन शोषण समेत गरेको आरोप लाग्यो ।

यस्ता आरोप लागेपछि उनका भक्तजनहरुले यसको ठुलो प्रतिकार गरेका थिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सत्य साइ बाबाले गरेका जादुमयी कामहरुले उनलाई विवादमा तान्यो । शान्त हावाबाट उनले सुनका गहनाहरु तथा रिङहरु निकाल्ने गर्थे । केही सोधकर्ताहरु तथा तर्कवादीहरुले यो अरु केही नभइ सानोतिनो जादु भएको बताएका थिए । तर, यी आरोपहरुले उनका भक्तजनहरुलाई केही फरक पारेन । उनी माथि विश्वास गर्ने भक्तजनहरुले यस्ता आरोपहरु बाबालाई बदनाम गराउन लगाइएको बताएका थिए । केही यस्ता गम्भिर आरोपहरु सत्य साइबाबा माथि लागे । उनका पुर्व भक्तजनहरुले उनले यौन शोषण र बाल यौन शोषण गरेको आरोप लगाएका थिए ।

उनीमाथि सबैभन्दा ठुलो आरोप सन् १९९३ जुन ६ मा उनको पुट्टापर्थीमा रहेको आश्रम प्रशान्ति निलायममा लागेको थियो । साइबाबाको कोठामा चार जना सदिंग्ध व्यक्तिहरुले भक्तजनहरुमाथि छुरा प्रहार गरेका थिए । जसमा दुई जना मारिएका थिए भने दुई जना गम्भिर घाइते भएका थिए । ती चारजना मानिसलाई प्रहरीले गोली हानी मारेको थियो ।

उनलाई आर्थिक हिनामिना गरेको आरोप समेत लाग्यो । साइ बाबा फाउण्डेसनको ४० हजार करोड रकम गलत रुपमा प्रयोग गरिएको आरोप उनीमाथि लाग्यो । साइ बाबाको मृत्यु पश्चात ११.५ करोड भारतीय रुपैयाँ नगद, ९८ किलो सुन, ३०७ किलो चादीका सामानहरु फेला परेको थियो जसले सबैको होस समेत उडायो ।

Sai Baba

विशेष