अपराध सुरक्षा

यस्तो बन्दै छ सशस्त्रको भावी रणनीति

संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्रमातहत नै रहने

यस्तो बन्दै छ सशस्त्रको भावी रणनीति

काठमाडौं । मुलुकको सबैभन्दा कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बल आफ्नो भावी रणनीति बनाउन जुटेको छ । कहिले प्रहरी जस्तो र कहिले नेपाली सेना जस्तो देखिने सशस्त्र प्रहरी बल आफ्नो स्पष्ट म्यान्डेटसहित अघि बढ्न खोजेको हो ।

यसका लागि सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन मार्फत उसले आफ्नो भावी रणनीति बनाउँदै छ । आइतबारदेखि काठमाडौंमा सुरु सम्मेलन आज सकिदै छ । दुई दिवसीय सो सम्मेलनमा सशस्त्र प्रहरी बल नेपालका देशभर रहेका बाहिनी तथा प्रशिक्षण केन्द्रका प्रमुखहरूलगायत प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरू सहभागी रहेका छन् ।

गृहमन्त्री जनार्दन शर्माले आइतबार सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा सो सम्मेलन उद्घाटन गर्दै संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्रमातहत नै रहने बताए । उनले भने, ‘सशस्त्र प्रहरी बलको प्रदेशस्तरको स्वतन्त्र संरचना बन्दैन, तर यसको प्रदेश संरचना भने बन्छ ।’ गृहमन्त्री शर्माले संघीय संरचनामा सशस्त्र बललाई कसरी लैजाने भन्ने गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी पनि दिए ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले सशस्त्र प्रहरी बल नेपालले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यदेखि विपद् व्यवस्थापन, सीमा तथा औद्योगिक क्षेत्रको सुरक्षालगायत राज्यले सुम्पेको कार्यादेश र उद्देश्यमा आधारित रही जनता र राष्ट्रप्रति उत्तरदायी भएर महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

उनले कार्यक्षेत्रमा उत्पन्न समस्या र त्यसको समाधान गर्दा प्राप्त ज्ञान र अनुभवलाई केन्द्रीकृत गर्दै आगामी रणनीति बनाउन सम्मेलनले महŒवपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै सेवा प्रवेशको सुरुवाती चरणदेखिका अनुभूति तथा सामाजिक स्थिति एवं संगठनका सबै तहका अधिकृत जवानहरूको विचार र भावनालाई समेटेर अघि बढेमा सम्मेलनले लक्षित सफलता प्राप्त गर्ने उल्लेख गरे ।

उनले तराईका बाढीपीडित नागरिको उद्धार तथा स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र संयुक्त राष्ट्रसंघीय मिसनमा सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी निर्वाचनलाई शान्तिपूर्ण एवं निष्पक्ष बनाउन त्यही स्तरमा दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सुरक्षा चुनौती र सशस्त्र प्रहरी बल नेपालको भूमिका, संगठनमा सञ्चालित तालिमलगायतका विविध विषयहरूमा विस्तृत अन्तक्र्रिया एवं छलफल गरी ठोस कार्ययोजनाका साथ तार्किक र समयसापेक्ष निष्कर्षमा पुग्न सम्मेलन सफल रहने उल्लेख गरे ।

महानिरीक्षक श्रेष्ठले बदलिँदो परिवेशमा सशस्त्र प्रहरी बल नेपालको भावी कार्य्दिशा तय गर्नसमेत वरिष्ठ अधिकृत तथा तालिम सम्मेलनले महŒवपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शान्ति सुरक्षा एवं मानवीय सेवामा अझै कर्तव्यनिष्ठ र स्पष्ट रही राज्य प्रदत्त जिम्मेवारीहरूलाई व्यावसायिक ढंगबाट सम्पादन गर्नसमेत सम्मेलन उपलब्धिमूलक रहने विश्वास व्यक्त गरे ।

उनले गृह प्रशासन सुधार मार्ग्चित्र २०७४ को सफल कार्यान्वयनबाट सशस्त्र प्रहरी बल नेपालको विशिष्टीकृत एवं आधुनिकीकरणमा टेवा पुग्नुका साथै संगठन अझै सवल र सुदृढ रूपमा विकास हुने उल्लेख गरे ।

विशेष