अपराध सुरक्षा

५० करोड रुपैयाँ ठगीको आरोपमा महिला पक्राउ

५० करोड रुपैयाँ ठगीको आरोपमा महिला पक्राउ

काठमाडौं । आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देवी कुमारी भुजेललाई पक्राउ गरेको छ ।

स्याङ्जा फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगरपालिका–१४ चाउथे बस्दै आएकी भुजेलविरुद्ध आफन्त र छिमेकीले ५० करोडभन्दा बढी ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

१४ भदौदेखि सम्पर्कविहीन भुजेललाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंको सहयोगमा कास्की प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनलाई कामनपा–२३ मञ्जुश्रीस्थित डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

कास्की प्रहरीले काठमाडौं प्रहरीसँग सहयोग लिएर बिहीबार साँझ देवी र उनका पति लक्ष्मणलाई डेराबाट पक्राउ गरेको थियो । शुक्रबार दम्पत्तिलाई नै पोखरा ल्याई अनुसन्धान थालेको प्रवक्ता खत्रीले जानकारी दिए ।

आरोपित देवीले पोखरामा जग्गाको कारोबार गर्थिन् । उनका पति लक्ष्मण थापा भने भारतीय सेनाका पेन्सनर हुन् ।

नयाँ पत्रिका

विशेष