अपराध सुरक्षा

राजमार्गमा यात्रुलाई लुटिएको लुटियै, सरकार कार्यविधी बनाउन व्यस्त

राजमार्गमा यात्रुलाई लुटिएको लुटियै, सरकार कार्यविधी बनाउन व्यस्त

काठमाडौं । राजमार्गमा सञ्चालित होटल, रेष्टुरेन्ट र अन्य पसलले दसैमा घर फर्किएका यात्रुसँग खाना, खाजामा लुट्नु लुटेका छन् । होटल तथा रेष्टुरेन्टवालाले जति मूल्य भने पनि यात्रुहरु तिर्न बाध्य छन् । त्यो पनि बासी सडेगलेको र म्याद गुज्रिएका बस्तुमा ।

सरकारका जिम्मेवार निकायबाट यस्ता होटल तथा रेस्टुरेन्टको प्रभावकारी अनुगमन हुन नसक्दा दसैमा घर जाने र फर्किने यात्रुले चर्को मूल्य तिर्न बाध्य भएका हुन् । त्यसो त नेपालको संबिधानले उपभोक्ता अधिकार समेटिएको भए पनि उपभोक्ताहरु ठगिने क्रम रोकिएको छैन बरु तीव्र भएको छ ।

मनपरी मूल्य असुल्न गर्ने र बासी गुणस्तरहिन खाद्यवस्तु बिक्रि गर्ने राजमार्गका होटल तथा व्यवसायीलाई कारबाही गरिने भन्दै निर्देशक श्रेष्ठ भन्छन् । त्यस्ता होटलको विरुद्धमा सबै सचेत नागरिकले प्रतिकार पनि सक्नुपर्छ, नागरिकको सहयोग भएन भने सरकारको अनुगमनले मात्रै यस्ता बेथिति नियन्त्रण गर्न सम्भव हुँदैनन् ।

विभागका अनुसार सरकारका विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा एक वर्षको अवधिमा खाद्यान्न पसल, होटल, रेस्टुरेन्ट डिपार्टमेन्ट स्टोर, खाद्य उद्योगलगायत गरी भण्डै साढे पाँच हजारको अनुगमन गरेको छ । त्यसमा कारबाही भने पाँच प्रतिशतभन्दा कमलाई भएको छ ।

खाद्य, प्रबिधि तथा गुणनियन्त्र विभागले राजमार्गमा होटलको गुणस्तरका आधारण बर्गीकरण गरी अनुगमन गर्नका लागि कार्यविधि बनाउने तयारीमा लागेको जनाएको छ । तर अहिले नै यात्रु भने ठगिएको ठगियै छन् ।

विशेष