अर्थ

पेट्रोलियम पाइपलाइनलाई तीव्रता दिन भारतीय टोली आयो

पेट्रोलियम पाइपलाइनलाई तीव्रता दिन भारतीय टोली आयो

काठमाडौं। रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढाउन भारतीय आयल कर्पोरेसन आइओसीको टोली नेपाल आएको छ ।

पाइप बिछ्याउनका लागि नेपालतर्फबाट प्रक्रियागत रुपमा ढिला भएपछि आईओसीको टोली बिहीबार नेपाल आएको हो ।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आईओसीको तीन सदस्यीय टोली बिहीबार आइपुगेको हो । बिहीबार आइओसी र यहाँको प्रगतिबारे छलफल भएको उनले बताए ।

कान्तिपुर

विशेष