अपराध सुरक्षा

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ


दाङ । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले बताए अनुसार पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल बस्ने २३ वर्षीया जानकी वली रहेकी छन् ।

दङ्गीशरण गाउँपालिका–७ की २० वर्षीया अनिता योगी र सोही ठाउँका २१ वर्षीय विजयराज विकबाट प्रतिव्यक्ति रु एक लाख ५० हजार लिई ठगी गरेको भन्ने प्रहरीमा जाहेरी आएपछि बिहीबार वलीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । वलीविरुद्ध ठगी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

विशेष