अपराध सुरक्षा

माइत आएकी छोरी र दुई नातिनीको बञ्चरो प्रहारगरी हत्या

माइत आएकी छोरी र दुई नातिनीको बञ्चरो प्रहारगरी हत्या

रोल्पा । रोल्पा नगरपालिका–७ घापाका लिलबहादुर पुन मगलले माइत आइकी छोरी र दुई नातिनीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

४० वर्षीय पुन मगरले आफ्नै २५ वर्षीया छोरी पेवामती केसी र नातिनीहरु दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मानसिक समस्या भएका पुनमगरले शुक्रबार बेलुका खाना खाएर सुत्ने क्रममा छोरी र नातिनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ

घटना लगातै प्रहरीले पुनलाई पक्राउ गरेको छ । मृतकहरुको शव पाष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

 

विशेष