पर्यटन

पर्वतीय पर्यटन व्यवस्थापन विषयमा अध्यापन हुने

पर्वतीय पर्यटन व्यवस्थापन विषयमा अध्यापन हुने

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराले ‘पर्वतीय पर्यटन व्यवस्थापन’ विषयमा स्नातक तहको अध्यापन गराउने भएको छ ।

क्याम्पसद्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसबाट विभिन्न विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै समयसापेक्ष नयाँ विषयको अध्यापन गराउने सोचअनुरुप पर्वतीय पर्यटनमा पठनपाठन सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चार वर्षे सेमेस्टर प्रणालीअनुसार अध्यापन गराइने यस विषयले समग्र पर्वतीय पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

विश्वविद्यालय अनुदान आयोगले तोकेको अन्तर्राष्ट्रियस्तरको शैक्षिक मापदण्ड पूरा गरी गुणस्तर प्रत्यायन क्वुएएको प्रमाणपत्र क्याम्पसले प्राप्त गरेको बताउँदै उहाँले सामुदायिक क्याम्पसमध्ये सर्वोत्कृष्ट बन्दै राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत सम्मानित भइसकेको उल्लेख गर्नुभयो ।

क्याम्पसमा हाल चार हजार ५५० विद्यार्थी अध्ययनरत क्याम्पसमा मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि संकायमा अध्यापन भइरहेको सहायक क्याम्पस प्रमुख भेषराज बरालले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यलायका प्राध्यापक प्रा डा रमेशराज कुँवरले पर्वतीय पर्यटन विषय नेपालको माटो अनुकूलको विषय भएको बताउँदै यसबाट यहाँको पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विशेष