अपराध सुरक्षा

शरदकुमार गौचन हत्याकाण्डका अभियुक्त पक्राउ, पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रहरी

शरदकुमार गौचन हत्याकाण्डका अभियुक्त पक्राउ, पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रहरी


काठमाडौं । निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचन हत्याको अभियोगमा केहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

गत असोज २३ गते गौचनको वानेश्वमार दिननदहाडै गोली प्रहार गरी हत्या भएको थियो ।  गौचनको हत्याबारे छानबिन गर्न बनेको समितिका संयोजक रहेका महानगरीय प्रहरी कार्यालयका डिआईजी गणेश केसीले तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । यद्यपी उनले उनीहरु सुटर नै हुन् या होइनन् भन्नेबारे भने केहि खुलाएनन् । प्रहरीले यसबारे थप जानकारी दिन नेपाल पुलिस क्लबमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

२३ गते दिउँसो दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए ।

विशेष