अपराध सुरक्षा

१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नगरकोट नगरपालिका संयुक्त वडा कार्यालय सुडालका वडा सचिव माधव सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व रकम आम्दानी रसिद नकाटी हिनामिना गरेको अभियोगमा बुधबार अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो । वडा सचिव सुवेदीले सरकारलाई हानिनोक्सानी पु¥याउने गरी चार लाख ३२ हजार २१० रुपियाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरेको हो । वि।सं। २०७१ मङ्सिर २५ देखि २०७२ चैत ३० सम्म वडा सचिव सुवेदीले उक्त रकम हिनामिना गरेको दाबी अख्तियारको छ ।

सुवेदीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर गरेको आरोप लगाउँदै अख्तियारले हिनामिना रकम बराबरको बिगो दाबी गरेको छ । सुवेदीविरुद्ध बिगोबमोजिम जरिवाना र कैद सजायको पनि माग गरिएको छ ।

यसैबीच अख्तियारले कैलालीको भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि जैसीले विद्यालयको रकम हिनामिना गरेको आरोपमा बुधबार नै भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले जैसीविरुद्ध एक लाख ४८ हजार रुपियाँ बिगो दाबी गरेको छ । बिगो बमोजिमको जरिवाना र कैद सजायको पनि अख्तियारले माग गरेको छ ।

आजको गोरखापत्रमा खवर छ ।

विशेष