अर्थ

वित्तीय संकटतर्फ एनआईसी एसिया बैंक , निक्षेपकर्ताको १ खर्ब बढी जोखिममा

वित्तीय संकटतर्फ एनआईसी एसिया बैंक , निक्षेपकर्ताको १ खर्ब बढी जोखिममा

काठमाडौ । एनआईसी एसिया बैंक वित्तीय संकट सामना गर्नुपर्ने अवस्थामा पुगेको छ । संकटसँगै बैंकिङ सुरक्षाका दृष्टिले ‘क’ वर्गका २८ वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंक सबैभन्दा कमजोर बनेको छ ।

बैंकको आन्तरिक सुरक्षा कमजोरीका कारण करिब ४० हजार अमेरिकी डलर ह्याकिङमा परेपछि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले समेत त्यसलाई ढाकछोप गरी सर्वसाधारणलाई गुमराहमा राखे पनि यसपछिका विभिन्न जोखिमका कारण बैंक संकटमा पर्ने अवस्था निम्तन लागेको हो । स्विफ्ट ह्याकिङको यथार्थ अझै बाहिर आइनसकेकाले बैंक अझै संकटमा पर्नसक्ने अवस्थामा छ ।

स्विफ्ट ह्याकिङमा परेको मध्ये अधिकांश रकम फिर्ता भइरहेको दाबी बैंकले गरे पनि कति रकम फिर्ता भएको हो भन्ने विषयमा राष्ट्र बैंक र एनआईसी एसिया दुवै मौन छन् । ह्याकिङमा परेको रकम कति फिर्ता भयो भन्ने विषयमा बैंकले मौनता साँधिरहे बैंकको वित्तीय पारदर्शितामा प्रश्न उठ्ने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

एनआईसी एसिया बैंकले त्यति ठूलो रकम ह्याकिङ हुँदासमेत त्यसबारे समयमै नियमनकारी निकायलाई समेत जानकारी नगराई गुपचुप राखेको थियो । लामो समयपछि सो ह्याकिङ प्रकरण बाहिर आए पनि राष्ट्र बैंकले समेत त्यसलाई गुपचुप राखी बैंकलाई कुनै कारबाही गरेन । राष्ट्र बैंकको सोही मौनताले बैंकको संकट पछि हटेको राष्ट्र बैंककै उच्च अधिकारी बताउँछन् ।

आजको राजधानीमा खवर छ ।

विशेष