यौन-शिक्षा

कलिलैमा सेक्स, कलिलैमा एबोर्सन

कलिलैमा सेक्स, कलिलैमा एबोर्सन

काठमाडौं । अंकल बच्चा निकाल्ने औषधि दिनुस् रे ! काठमाडौं कालिमाटीको एक औषधि पसलमा करिब १४ वर्षकी किशोरीले यसो भनिरहँदा वरिपरिका सब उनलाई नियालेर हेरिरहेका थिए । यतिकैमा विक्रेताले प्रश्न गरे, कसलाई ? उनले भनिन् दिदीलाई । बिक्रेताले फेरि सोधे, दिदी कति वर्षकी भइन ? जवाफमा ती किशोरीले भनिन् वर्ष त थाहा छैन अहिले १२ पढनु हुन्छ ।

१७ वर्ष नपुग्दै तीन पटक एबोर्सन

केही समय अघि वरिष्ठ आर्युवेद तथा प्रसुती रोगविशेषज्ञ डा. सरिता श्रेष्ठको क्लिनिकमा दुई जना किशोर किशोरी आइपुगे । उनीहरुको समस्या भनेको गर्भमा हुर्किरहेको बच्चा थियो । १६ वर्षका उनीहरुले आफूहरु केही सममयमा नै बिवाह बन्धनमा बाधिने कुरा बताए । आफैलाई पाल्ने भइसकका छैन यिनिहरुले कसरी बच्चा पाल्लान भन्ने सोचेर डा. श्रेष्ठले गर्भपतन गराइदिन तयार भइन ।

जब उनले स्वास्थ्य परिक्षण गरिन तब छक्क परिन । उनको पेटमा पहिले नै अपरेशन गरेको ठुलो घाउँ थियो । यसको मतलब उनले पहिले नै अपरेशन गरेर बच्चा निकालीसकेकी रहिछन् । त्यसपछि डाक्टरले केरकार गर्दा उनले भनिन् यो मेरो तेस्रो पटकको गर्भ हो । यो कुरा परिवारका सदस्य कसैलाई पनि थाहा छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्षमा गर्भवती बन्ने किशोरीको मृत्यु हुने सम्भावना दोब्बर रहको छ । यस्तो खाले गर्भका
जटिलताका कारण विकासोन्मुख देशहरुमा मात्र वर्षेनी ७० हजार किशोरीहरुको अकालमा मृत्यु भइसकेको छ ।

सम्पुर्ण 

विशेष