यौन-शिक्षा

यौन जीवनलाई सुखमय बनाउन यसो गर्नुहोस्

यौन जीवनलाई सुखमय बनाउन यसो गर्नुहोस्

एजेन्सी । श्रीमान् वा श्रीमती मध्ये कुनै एक जनामा मात्र यस्तो समस्या देखिए पनि निजी सम्बन्ध अर्थात् यौन जीवनमा बाधा आर्इ पुरै पारिवारिक सुख र शान्ति ध्वस्त हुन जान्छ । मानिसको यौन जीवनमा तनाव आएमा पारिवारिक खुशी हराएर जान्छ । तसर्थ समयमै सचेत नहुने हो भने जिन्दगीभर पछुताउनु पर्ने हुन्छ ।

त्यो जघन्य रोग अरु नभएर सुगर अर्थात् डायबिटीज हो । डायबिटीज र सेक्स लाइफको सम्बन्धलार्इ लिएर धेरै चर्चित डाक्टरहरूले राय दिएका छन् । ख्यातिप्राप्त भारतीय प्रोफेसर डाक्टर अनिल भन्सालीले डायबिटीजले कसरी पारिवारिक सम्बन्धमा असर गर्छ भनेर प्रष्ट पारेका छन् ।

उनका अनुसार अनियन्त्रित डायबिटीजले ७० प्रतिशत पुरुषको यौन इच्छा मरेर जान्छ । करीब ५० प्रतिशत मानिसको इन्द्रियहरू निष्कृय हुन्छ । डायबिटीज बढ्नाले सन्तान उत्पादन क्षमतामा ह्रास आउँछ । ५० प्रतिशत महिलामा सेक्स इच्छा हराउँछ ।

पितालार्इ मधुमेह छ भने ५० प्रतिशत र आमाबुबा दुवैमा डायबिटीज भएको खण्डमा बच्चामा ९० प्रतिशत डायबिटीज हुने सम्भावना रहने बताइएको छ । यति हुँदाहुँदै पनि यदि आफ्नो लाइफस्टाइल तथा खानपानमा विशेष ध्यान दिन सकेको खण्डमा यसलार्इ सजिलै रोक्न सकिन्छ । नियमित शारीरिक अभ्यास र उपयुक्त खानपानको माध्यमबाट तौलको नियन्त्रण गरी डायबिटीजको सम्भावित खतराबाट बच्न सकिन्छ ।

विशेष