अर्थ

सरकार कडा हुनुको परिणामः दौडेर आयो चिनियाँ कम्पनी सम्झौता गर्न

सरकार कडा हुनुको परिणामः दौडेर आयो चिनियाँ कम्पनी सम्झौता गर्न

काठमाडौं । नेपालसँग भएका सम्झौताहरू धमाधम रद्द हुन थालेपछि पाँच वर्षदेखि ‘होल्ड’ मा रहेको पश्चिम सेतीको चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले विद्युत् प्राधिकरणसँग बिहीबार संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) सम्झौता गरेको छ ।

गत २०१७ को जनवरी १६ मा संयुक्त लगानीको मस्यौदा सम्झौतामा हस्ताक्षर गरेर सम्पर्कमा नआएको सीटीजीआई नेपाल सरकारले बूढीगण्डकीको सम्झौता रद्द गरेपछि एकाएक आएको हो । संयुक्त लगानी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सीटीजीआईका तर्फबाट निर्देशक याओ फेक्सिओङले हस्ताक्षर गरे ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार बिहीबार भएको सम्झौतामा सीटीजीआईले सात सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेतीमा ७५ प्रतिशत र प्राधिकरणले २५ लगानी गर्नेे छन् । ६ वर्ष सात महिनामा निर्माणसम्पन्न हुने गरी भएको सम्झौतामा यो आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसमेत जोड्दा एक अर्ब ८१ करोड अमेरिकी डलर (हालको मूल्यमा एक खर्ब ८१ अर्ब रुपैयाँ) छ। निर्माण अवधिको ब्याजबाहेक आयोजना लागत एक अर्ब ४० करोड डलर छ । प्राधिकरणले आफ्नो सेयरबापतको स्वपुँजीको व्यवस्था सीटीजीआईले सहुलियत ऋणका लागि चिनियाँ एक्जिम बैंकलाई अनुरोध गर्नेछ ।
अन्नपूर्ण पोस्ट्बाट

विशेष