अपराध सुरक्षा

घुस्याहा प्रहरी अधिकृत समातिए

घुस्याहा प्रहरी अधिकृत समातिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट रकम माग्दा–माग्दै प्रहरी निरीक्षक हरिहर सुुनुवार पक्राउ परेको जानकारी दिए । पक्राउ परेका प्रहरी निरीक्षकको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

विशेष