लागुऔषधसहित पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
रामेछाप, मन्थली नगरपालिका–१ घर भई काठमाडौं गोठाटार बस्ने २७ वर्षीय विनोद खत्रीलाई डाईजेपाम १३४ एम्पु, बुप्रेनोर्फिन ९८ एम्पुल र फेनागरगन १५४ एम्पुसहित बुधबार प्रहरीले गोठाटार बागमतीपुल नजिकैबाट पक्राउ गरेको हो ।
झोलाभित्र लुकाएर ल्याइएको अवस्थामा भेटिएको उक्त लागुऔषध सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
drugs