अपराध सुरक्षा

स्रोत नखुलेको रकम सहित पक्राउ

स्रोत नखुलेको रकम सहित पक्राउ

काठमाडाैंबाट स्राेत नखुलेकाे नगद २६ लाख १५ हजार रुपैयाँ सहित एकजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२९ गल्कोपाखाबाट बा.८० प ५०३८ नम्बरको मोटरसाइकलमा सवार काठमाडौं रानीबारी बस्ने नुवाकोटको भद्रटार–२ का २३ वर्षीय राजकुमार श्रेष्ठलाई स्रोत नखुलेको नगद २६ लाख १५ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी बृत्त लैनचौरको प्रहरीले गल्कोपाखामा जाँच गर्नेक्रममा उनको साथबाट उक्त रकम बरामद भएको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

money

विशेष