गजल
केशव सुवेदी (अतित)
कहिले दुःख कहिले सुख चल्छ मान्छेको जीवन
अन्तिम प्रहर बूढो रुख झै ढल्छ मान्छेको जीवन
बिहान देखी साझ सम्म गरि रहन्छ कर्म,
प्यास,भोक,तृष्णा मा नै गल्छ मान्छेको जीवन ।
भ्रम हो मानव जीवन भन्छन् कोही दार्शनिक ,
मीठो भविष्यले अक्सर छल्छ मान्छेको जीवन
प्राप्ति होइन गुमाउदा नै त्यसको महत्त्व आउछ,
मेहेनत गरे मीठो फल झै फल्छ मान्छेको जीवन
लोभ गर्यो,मोह गर्यो, महत्वकाङ्छी हुन्छ जीवन,
आखीरमा चितासगै जल्छ मान्छेको जीवन